• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मेसी, स्वारेज र नेइमारको मित्रता फेरि चर्चामा

काठमाडौं । मेसी, स्वारेज र नेइमार कुनै बेला विश्वका सर्वाधिक चर्चित र सफल आक्रामक ट्रियो हुन् । बार्सिलोनामा रहँदा उनीहरुले सम्हालेको आक्रमण लाईन र निकालेकोे परिणामबाट विश्व फुटबल जगत परिचित छ ।

अर्जेन्टिना, ब्राजिल र उरुग्वेका तीन चर्चित खेलाडीको मित्रता त्यतिबेला पनि चर्चामा थियो । मैदान भित्र मात्र होईन बाहिर क्याफे र रेष्टुरेन्टमा पनि उनिहरु सँगै देखिन्थे । 

बार्सिलोना छोडेर नेइमार फ्रान्सेली पिएसजी गएपछि यी तीनको मैदान भित्रको जादु टुटेको थियो । तर मैदान बाहिर उस्तै थियो । 

पछि स्वारेज एथ्लेटिको मड्रिड गए, मेसी पिएसजीमा । अहिले मेसी पिएसजीबाट बाहिरिने पक्का भएपछि यी तीनबीचको सम्बन्धनको चर्चा भएको हो । 

बिदा भएका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीलाई लिएर नेयमार जुनियरले हिजो भावुक स्टेटस लेखे। ब्राजिलियन फूटबलर नेयमारले इन्स्टाग्राममा मेस्सीलाई सम्बोधन गर्दै एउटा पोस्ट हालेका थिए।

नेयमारले लेखेका थिए– ‘दाइ‘ हामीले सोचे जस्तो भएन। तर, हामीले सक्दो गर्‍यौं। तपाईंसँग थप दुई वर्ष बिताउन पाउँदा खुशी लाग्यो। नयाँ यात्राका लागि शुभकामना। म तपाईंलाई माया गर्छु।’

नेयमारले ‘सोचे जस्तो नभएको’ भनेर च्याम्पियन्स लिगलाई इङ्गित गरेका हुन्। मेस्सी र नेयमारलाई पीएसजी भित्र्याउनुको मुख्य उद्देश्य नै च्याम्पियन्स लिग उपाधि जित्नु रहेको थियो। मेस्सीले त पीएसजी भित्रिने वेला पनि भनेका थिए, ‘पीएसजी च्याम्पियन्स लिग जित्न तयार छ।’

यस्तै, मेस्सीले पीएसजी रोज्नुमा पनि नेयमारको भूमिका थियो। नेयमारले उनलाई प्रेरित गरेको मेस्सीले नै बताएका थिए।

नेयमारको उक्त इन्स्टाग्राम पोस्टमा मेस्सीले प्रतिक्रिया पनि जनाए। मेस्सीले लेखे– ‘धन्यवाद ने ९ल्भथ०१ जेजस्तो भए पनि, हामीले पुनः एक पटक सँगै खेल्यौं र आनन्ददायी दिनहरू बितायौं। तिमीलाई शुभकामना छ। बहुलट्ठी भए पनि तिमी सुन्दर व्यक्ति हौ र अन्ततः यो नै महत्त्वपूर्ण कुरा हो। म तिमीलाई धेरै माया गर्छु।’

नेयमारको उक्त पोस्टमा उरुग्वेका चर्चित खेलाडी तथा बार्सिलोनामा रहँदाका टीममेट लुइस सुआरेजले पनि प्रतिक्रिया जनाए। उनले लेखे– ‘कस्तो सुन्दर सन्देश नेयमार। तिमीहरूलाई फेरि सँगै देख्न पाउँदा धेरै राम्रो लाग्यो, तिमीहरूको एकअर्काप्रतिको माया अझ सुन्दर छ। सधैं हरेक कुरामा एकअर्कालाई साथ दिने१ म तिमीहरूलाई माया गर्छु साथीहरू।’

मेस्सी र नेयमार एकअर्कालाई दाजुभाइ जस्तो व्यवहार गर्छन्। स्पेनिश क्लब बार्सिलोनामा हुँदैदेखि यी दुईको सम्बन्ध प्रगाढ बनेको थियो। मेस्सीले बार्सिलोनाका लागि सन् २००४ मा डेब्यू गरेका थिए। नेयमार सन् २०१३ मा बार्सिलोना गए। सुआरेज २०१४ मा बार्सिलोनामा आबद्ध भएका थिए।

कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिल पराजित भएपछि हारको पीडामा रहेका नेयमारलाई मेस्सीले सम्हाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो। त्यति वेला उनीहरू अङ्कमाल गरिरहेका थिए र हर्षित अर्जेन्टिनी टोली उनीहरू नजिक आउँदा मेस्सीले हातले ठेल्दै पर सारेका थिए। 

गत वर्ष विश्वकप उपाधि जितेर मेस्सी पेरिस आउँदा पनि ‘खोइ कहाँ छन् विश्वविजेतारु’ भन्दै नेयमार पीएसजीको ‘रिल्याक्सेशन रूमु पुगेर अङ्कमाल गरेका थिए। जुन व्यवहारको फूटबल वृत्तमा निकै तारीफ भएको थियो।

नेयमार बार्सिलोनाबाट सन् २०१७ मा पीएसजी गए, २०२१ मा मेस्सी पनि पीएसजी पुगे। हिजो पीएसजीका लागि अन्तिम खेल खेल्दै मेस्सी क्लबबाट बाहिरिए।

मेस्सी अब साउदी अरेबियन क्लब ‘अल हिलाल’ जाने सम्भावना प्रबल छ। यद्यपि यसबारे उनले औपचारिक निर्णय गरिसकेका छैनन्  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर