उपमहानगर विकासमा सहयोग गर्न मकवान पुर कांग्रेसकाे मुख्यमन्त्रीसँग आग्रह

मकवानपुर ।  नेपाली कांग्रेस मकवानपुरका सचिव  भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको लागि विकासका वाग्मती प्रदेश सरकार समक्ष सुझावहरु पेश गरेका छन् ।
हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका हुन् ।

उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको शहर, रमणीय क्षेत्रलगायतका ४० वटा योजनाहरु सुझावका रुपमा जानकारी गराएका छन् ।

सचिव महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ वार्षिक बजेटमा यस विषयलाई समावेश गर्न आग्रह गरे । ‘यस योजनाले हेटौंडाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ । पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विकास गरेको खण्डमा पक्कै पनि छिमेकी राष्ट्र भारतबाट यहाँ पर्यटक भित्र्नेछन् ।’, उनले भने ।

सुझाव पत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा विकास गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । उनले भने ‘हेटौंडाको पर्यटन क्षेत्रमा लागनी गर्न प्रदेश सरकार तयारै रहेको छ । यसका लागि आवश्यक अध्ययन हुन जरुरी छ ।’, मुख्यमन्त्री जम्कट्टेलले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर