मुर्रा राँगाकाे पक्षमा धरानका मेयर साम्पाङ

विराटनगर । सदन देखी सडक सम्म मुर्रा राँगाको विषयले चर्चा पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणसँगै मुर्रा राँगाको विषयलाई लिएर विभिन्न खिसीटिउरी भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा प्रधानमन्त्रीको भ्रमणलाई ‘राँगा ल्याउन चाहिँ सफल’ भनेर उडाउने धृष्टता गरेका थिए ।

सदन देखी सामाजिक सञ्जाल सम्म तातिइरहेका बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेस्वुकमा स्ट्याटस लेख्दै मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका हुन । उनले लेखेका छन् । ‘दिनेले दिए पछि ढुङ्गा भए नि लिनपर्छ, यो त मुर्रा हो मुर्रा !,’ मुर्राको विषयले यति बेला संसद्देखि सामाजिक सञ्जाल तताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर