फिल्म ‘नीरफूल’ आजबाट सयभन्दा बढी हलमा रिलिज 

काठमाडौं । सञ्चारकर्मी फुलमान बल निर्देशित ‘नीरफूल’ आजबाट सयभन्दा बढी हलमा रिलिज हुँदै छ ।

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलिचत्रको अग्रिम बुकिङ राम्रो रहेको निर्देशक बलले बताएका छन् । उनका अनुसार चलचित्रको कथा आफ्नो समुदायको कला, संस्कृतिक राष्ट्रिय मुद्दासँग जोडिएको छ ।

जनतालाई भुटानी शरणार्थी बनाएर बेच्नसमेत पछि नपर्ने मन्त्री, सचिवदेखि कर्मचारीसम्मको भ्रष्टाचारतन्त्रलाई बलले चलचित्रमा प्रस्तुत गरेका छन् । अभिनेता राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, लक्ष्मी बर्देवा, मानसराज, रोशन फुर्वा, सरिता गिरी, जीवन बराल, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

सो चलचित्रको बुधबार काठमाडौंमा विविध सांस्कृतिक झलकसहित प्रिमियर गरिएको थियो । चलचित्र हेरेपछि सिनेकर्मी, साहित्यकार, संगीतकर्मी, सञ्चारकर्मीलगायतले ‘नीरफूल’’दयगत सकारात्मक प्रतिक्रिया दिए । चलचित्रका स्क्रिप्ट, छायांकन र कलाकारका अभिनय निकै सशक्त रहेको उनीहरूको कथन थियो ।

गोविन्द शाही र मनोज राठीले वितरण गर्ने चलचित्रको पटकथा सचिन घिमिरे र फूलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर