• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

‘उहि जिम्मेवारी र उपाधिको भोककासाथ,अझ शान्त भएर मायामी जाँदैछु’ 

काठमाडौं । यो साता विश्व खेलकुद जगत अर्जेन्टाईन सुपर स्टार लियोनल मेसीको वरिपरी रह्यो । साउदी अरेबियन क्लब अल हिलाल र बार्सीलोना जाने चर्चाका बीच मेसीले अमेरिकी क्लब इन्टर मायामी जाने निर्णय सुनाए  ।

यसले मेसीको प्रतिक्षामा रहेका बार्सा समर्थकलाई त  निराश बनायो नै रोनाल्डोलाई काउण्टर दिन करोडौं खर्च गर्न तयार भएर अफर पठाएको साउदी क्लब हिलाल पनि हिस्स पर्यो । 

सन् २०१८ मा स्थापना भएको उत्तर अमेरिकी फ्रेन्चाइच क्लब मायामीका एक मालिक इङल्यान्डका पुर्व खेलाडी डेविड बेकहम हुन् । क्लबका अध्यक्ष बेकहमले केही वर्ष अघिदेखीनै मेसीलाई पछ्याइरहेका थिए । पछ्याएका मात्र थिएनन् कुनै दिन मेसी र रोनाल्डोलाई एउटै क्लबबाट खेलाउने महत्वकाक्षी आफ्नो योजना पनि सुनाएका थिए । 

अन्तत उनको प्रयास एककद्सम्म सफल भएको छ ।  २०२४ को कोपा अमेरिका अमेरिकामानै हुनेछ । अमेरिकालाई समेत कोपा अमेरिकामा समेट्नुपर्ने बहस पनि यसअघि नै सुरु भएको हो । यस्तै अमेरिका मेक्सिको संगै २०२६ को विश्वकपको सह आयोजक पनि हो । दुइ ठुला प्रतियोगिता आयोजना हुनु अघि मेसी अमेरिका प्रस्थान गर्ने भएका हुन् । 

फ्रान्सेली पेरिस सेन्ट जर्मेन पिएसजीले सिजनको अन्तिम खेलमा क्लिमन्ट फुट संग तीन दुई गोलको हार बेहार्यो   । यो नतिजाले जीतका साथ सिजन टुंग्याउने लक्ष्यमा धक्का लागेपनि क्लबलाई त्यती धेरै क्षती भने भएन् । 

किनकी  फ्रान्सको सर्वाधिक सफल क्लब पिएसजीले, यो खेल अगावै घरेलु लिगको उपाधि जितिसकेको थियो । लियोनल मेसी र स्पेनिस लिजेण्ड डिफेण्डर सर्जियो रामोसको मन चाँही पक्कै पनि खिन्न भयो । दुवैको क्लबमा यो अन्तिम खेल थियो । 

गत मे २८ मा स्टासबर्ग संग एक एक गोलको बराबरी खेल्दै पिएसजी किर्तिमानी एघारौ पटक च्याम्पियन बनेको हो । जुन अपेक्षाकृत सफलता हो । किनकी कतारी लगानीमा रहेको पिएसजीले फ्रेन्च क्लब फुटवलमा पछिल्लो समय  एक छत्र राज गर्दै आएको छ । क्लबले स्टार खेलाडीमाथि खन्याएको रकमका कारण यो  सफलता स्वभाविक हो । 

पिएसजीलाई लिगवान उपाधि जित्दा गोल गर्दै लियोनल मेसीले क्रिस्टियानो रोनाल्डोको किर्तिमान तोडेका थिए । अर्थात उनले युरोपका शीर्ष पाँच लिगमा आफ्नो गोल संख्या ४ सय ९६ पुर्याएका हुन् । तर पिएसजीको उपाधि र मेसी स्वयमको किर्तिमान छायाँमा पर्यो मेसीकै कारण । सिजनको अन्त्य संगै मेसीको भविष्य अब के भन्ने बहसले विश्व खेलकुद तातियो । 

मेसीको पिएसजी संगको सम्झौतामा जुनमा सकिदै थियो । तर उनले क्लब छाड्न चाहेको कुरा केही महिना अघिदेखीनै आगो जसरी फैलियो ।  पिएसजी र मेसी एक आपसमा खुशी नभएको समाचार अन्तराष्ट्रिय संचारमाध्यममा निरन्तर छाइनै रहे । क्लब र मेसीका केही व्यवहारहरुले त्यसलाई पुष्टि पनि गरेका थिए । 

मात्र ६ महिना अघि मेसीले फिफा विश्वकपमा गोल्डेन बल अवार्ड जितेका थिए ।  यो अवार्ड प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइ प्रदान गरिन्छ । उनको टिम अर्जेन्टिनाले ३६ वर्ष  पछि पहिलो पटक विश्वकपकको

उपाधी उचाल्यो । जुन मेसीको करियरको पनि पहिलो विश्वकप उपाधी थियो । यो संगै मेसीको अधुरो एक मात्र सपना पनि पुरा भयो । खेलाडीका रुपमा मेसीको करियरले पुर्णता पायो । 

मेसीले विश्वकप उपाधि जित्दा पराजित हुने उही फ्रान्स थियो । त्यसैले पनि फ्रान्सेली दर्शकले मेसीलाई पिएसजीमा पनि पचाउन सकेनन् ।

विश्व विजेताका रुपमा पिएसजी फर्किएका मेसी किन खुशी हुन सकेनन त ?  
गत नोभेम्बर डिसेम्बरमा कतारमा भएको फिफा विश्वकप फाइनलमा अर्जेन्टिना ,फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको थियो । फ्रान्स र अर्जेन्टिनाले फाइनल यात्रा तय गर्दा मेसी र किलियन एम्बाप्पेको प्रदर्शन मत्वपुर्ण रह्यो ।

पिएसजीका टिम मेट दुवैले आ–आफ्नो देशको कप्तानी सम्हालेका थिए । उच्च मनोवलमा रहेका मेसी पिएसजीका लागि च्याम्पियन्स लिग जिताउने महत्वपुर्ण आधार थिए । 

मेसीले पिएसजीमा पहिलो सिजन चोटसंग संघर्ष गर्दै विताए । यसका बावजुत उनले आफ्नो उत्कृष्ट प्रदर्शन बाट सवैलाई मोहित पारे । लिग वान उपाधि जिताउन मेसीले भुमिका खेले । तर च्याम्पियन्स लिगमा भने पिएसजी असफल भयो । अन्तिम १६ मा रियाल मड्रिडसंग पराजित हुदै पिएसजी प्रतियोगिता बाट बाहिरियो । 

एम्बाप्पे र नेइमार संगै मेसीको दोस्रो सिजन पहिलो भन्दा राम्रो संग सुरुवात भयो । समय समयमा एम्बाप्पे र नेइमार  संग सम्बन्ध राम्रो नभएको खबरहरु पनि बाहिर आए । तर डिसेम्बरमा शानदार रुपमा विश्वकप जितेका मेसीले क्लब स्तरमा भने फेरी संघर्ष गर्नुपर्यो । गत मार्चमा पिएसजी फेरी च्याम्पियन्स लिगबाट बाहिरियो  ।

यो पटक पनि प्रि क्वाटरफाइनल मा पिएसजीलाई जर्मन क्लब बायर्न म्युनिखले रोक्यो  । यहि बाट सुरु हुन्छ मेसी, पिएसजी र पिएसजी समर्थक बीचको चिसोपना  । 

विश्व फुटवलमा लोकप्रिय र रुचाइएका  स्टार खेलाडी मेसीलाई पिएसजी समर्थकले गिज्याए । उनी विरुद्ध नाराबाजीनै गरे । 

च्याम्पियन्स लिग जिताउन नसकेको भन्दै समर्थकले मेसीको आलोचना गरेका हुन् । सिजनको अन्त्य मा त झन मेसी  र क्लब बीचको दुरी झनै बढ्यो । मेसी साउदी अरेबियन क्लब जाने हल्ला चलिरहकै थियो ।

त्यही बेला मेसी ब्याबसायिक कामका लागि साउदी गए । उनी साउदी अरेबियाका पर्यटक दुत हुन् । विना जानकारी भ्रमणमा गएको भन्दै पिएसजीले मेसी माथि दुई साताको प्रतिबन्ध लगायो । मेसीले क्लब, टिम मेट र समर्थक संग आफ्नो भ्रमणले दुखी बनाएको भन्दै माफी पनि मागे । 

मेसीले यो सिजन सवै प्रतिस्पर्धामा गरेर २१ गोल र २० एसिस्ट गरे । समग्रमा दुइ  सिजनमा मेसीले ७४ खेलमा ३२ गोल गरे र हाँसी हाँसी विदा भए । उनी गएसंगै पिएसजीले इन्टाग्राममा एक साताको अवधिमा करिब ८ लाख फलोअर्स गुमाएको छ । 

अबको गन्तब्य मेजर सकर लिग 
संभवत पछिल्लो समय  मेसीका बारेमा सर्वाधिक सोधिएको प्रश्न थियो अबको गन्तब्य कहां ? यो बीचमा साउदी अरेबियन क्लब अल हिलाल र बार्सीलोना फर्कने कुरा ब्यापक बन्यो । तर मेसीले सवै कुरालाई हल्लामा सिमित राख्दै अमेरिकन मेजर सकर लिग क्लब इन्टर मायामीलाई रोजे । मेसीले एक खेल पत्रिकालाई दिएको अन्तवार्तामा आफुले मायामी जाने निर्णय लिएको बताएका हुन् । 

उनले भने– ‘मैले युरोप छोड्ने निर्णय गरे । यो सांचो हो की युरोपका केही ठुला क्लब बाट मलाइ प्रस्ताव आएको थियो । तर म यो युरोपका अरु क्लब बारे सोच्न पनि सक्दिन किनकी मेरा लागि युरोपको कुनै क्लब हो भने त्यो केवल बार्सीलोना हो ।

उनले मायामी जानुमा आर्थिक कारण नभएको पनि प्रस्ट पारेका छन् । आफ्नो परिवारको खुशी र दिर्घकालिन सोचका लागि अमेरिका रोजेको उनको भनाई छ । 
‘फरक वातावरणमा  भिन्न प्रकारको फुटवल र दैनिकीमा रमाउन चाहन्छु’  – मेसीले उल्लेख गरे । 

मेसीले आफु बार्सा फर्कन लागेकोमा उत्साहित रहेको पनि बताए ।  तर सन २०२१ मा आफुले बार्सा छोड्दा जुन परिस्थिती थियो फेरी त्यही परिस्थिती सिर्जना गर्न नचाहेको उनको भनाई छ । मेसीले बार्सामा २१ वर्ष विताए । यो बीचमा उनले ६ सय ७२ गोल गर्नुका साथै १० ला लिगा, चार च्याम्पियनस लिग र सात पटक स्पेनिस कपको उपाधि जितेका थिए । 

‘मैले सुने बार्साले आफ्ना खेलाडी विक्री गर्र्दैछ, कसैको तलव कटौती गर्दैछ , सत्य के हो भने म यो सवैको कारण बन्न चाहन्न,’ मेसीले भने । 

बार्सा मेसीको दोस्रो घर हो भन्दा फरक पर्दैन ।  जहाँ उनी एउटा सामान्य केटो बाट विश्व फुटवलको लेजेन्ड बने । सन २०२१ मा बार्सा छोड्दा मेसीको अनुहारमा देखिएको पिडाले बार्सीलोना प्रतिको उनको प्रेमलाई प्रस्ट पारेको थियो । १७ वर्षको उमेरमा बार्साको सिनियर टिममा मेसीले डेब्यु गरेका थिए ।  

बार्साले मेसीलाई फिर्ता ल्याउन चाहेपनि ला लिगाको फेयर प्ले नियमका कारण संभव भएन् । बार्साले औपचारिक पत्राचार पनि गरेन । बार्साका अध्यक्ष जोहान लापोर्ताले मायामी राजेकोमा मेसीलाई शुभकामना दिए । 

इन्टर मायामी, मेसीको युरोप भन्दा बाहिरको पहिलो क्लब हो । मेसी कति रकममा मायामीमा अनुबन्धन भए भन्ने खुलाइएको छैन् ।  उनले अल हिलालले प्रस्ताव गरेको रकम बराबर त पाउने छैनन नै तर रिपोर्टका अनुसार मायामीसंग सहकार्य गरिरहेका दुई ठुला  कम्पनी एप्पल र एडिडासले प्राप्त गर्ने आयको केही भाग उनले पाउनेछन् । यस्तै भविष्यमा मेसीले मायामीकै शेयर किन्न सक्ने संभावना पनि उच्च छ । 

मेसीको मायामीमा यो भन्दा अघिदेखीनै घर छ जुन भाडामा दिइएको छ ।  

साउदी क्लबलाइ धक्का । 
मेसीको मायामी जाने निर्णय गरे संगै  साउदीलाई भने ठुलो धक्का लागेको छ । पछिल्लो समय स्टार खेलाडीमाथि नजर लगाइरहेको साउदीले मेसीलाई भित्राउन धेरैनै प्रयास गरेको थियो । गल्फ राष्ट्रको क्लब हल हिलालले मेसीलाई ४ सय मिलियन डलरको प्रस्ताव गरेको बताइएको छ ।

जुन मेसीले स्विकार गरेनन् । मेसीको हरेक निर्णयमा परिवार सामेल हुन्छ । परिवार सहित साउदीमा बस्न नसक्ने भन्दै मेसीले हल हिलाल जान अस्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

मेसीले अन्र्तवर्तामा मायामी जानु पैसा कारण भएको भए म साउदी जाने थिएं भनेका छन् । २०२० देखी मेजर सकर लिग खेल्न सुरु गरेको मायामी र मेसी बीच औपचारिक सम्झौता हुन भने बांकी छ । 

मेसीले मायामीमा आफ्नो आगामी यात्राका बारेमा भने – ‘उहि जिम्मेवारी र उपाधि जित्ने भोकका साथ नयाँ क्लबमा जाँदैछु , तर अझ बढी शान्त भएर  ।’ 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर