अमेरिकी नागरिकता भएका खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्व मुद्दा

काठमाडौं ।  ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पामाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर भएको छ । गत स्थानीय निर्वाचनमा शेर्पासँग प्रतिस्पर्धा गर्दा आफू उपविजेता भएका  भुपेन्द्र बहादुर बस्नेतले सो पदमा आफूलाई पदस्थापन गर्न माग गर्दै मुद्वा दर्ता गरेका हुन् ।

अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन नसक्ने कानूनी व्यवस्थाको उल्लंघन गर्दै पुरानो नेपाली नागरिकता प्रयोग गरेर जनप्रतिनिधि भएको भनी शेर्पाविरुद्द उनले गत मंगलबार मुद्दा दर्ता गराएका हुन् । शेर्पा नेपाली नागरिक नभएकाले जनप्रतिनिधिको रूपमा काम गर्न अयोग्य रहेकोे रिट निवेदकको दाबी छ ।

‘शेर्पाले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएर अमेरिकामा बसोबास गेरेकोमा सोही पासपोर्टमा नेपाल आएर २०७९ वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार दिई २८८२ मतका साथ निर्वाचितभएका थिए  । ‘निजको निर्वाचन बदर गरी म निवेदक प्रतिस्पर्धी भई निजको भन्दा दोस्रो मत प्राप्त हुँदा बाँकी कार्यकालको लागि उक्त पदमा म निर्वाचित भएको घोषण गरी पदस्थापना गरी पाउँ ।’ भनि बस्तेतले  रिट निवेदनमा उल्लेख गरेका छन् ।

शेर्पा नेपाली नागरिक नरहेको अवस्थामा निर्वाचन आयोगमा पुरानो नागरिकता पेश गरेर चुनाव जितेको प्रमाण सहित मंगलबार मुद्दा दर्ता गरेको रिट निवेदक बस्नेतले जानकारी दिए । निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने र निर्वाचित हुन पाउने अधिकार नागरिकलाई मात्रै रहेको संविधानमा व्यवस्था छ । शेर्पाले २०१४ जुन १६ अर्थात २०७२ असार २ गते ५१८१४४६६० नम्बरको अमेरिकी पासपोर्ट लिई अमेरिकी नागरिक भएर बस्दै आएकाे उनकाे आराेप छ ।

सोही पासपोर्ट कायमै रहेको अवस्थामा २०७९ बैशाख ३० को स्थानीय तह निर्वाचनमा पुरानो नेपाली नागरिकता प्रयोग गरेर गाउँपालिका अध्यक्ष भएका शेर्पाले गैरकानूनी देखिएको अधिवक्ता गुरुबहादुर बस्नेतको भनाइ छ । ‘विदेशी नागरिकता कायमै रहेका शेर्पाले पुरानो नेपाली नागरिकता दुरुपयोग गरेकाले कानूनी कारबाहीको माग गरिएको अधिवक्ता बस्नेतले बताए । शेर्पाले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१) अनुसार कायम नरहेको नागरिकता नम्बर १३१९७/६२१ को प्रतिलिपी पेश गरी निर्वाचनमा भाग लिएकाे देखीन आएकाे बसनेतकाे भनाइ छ ।

अमेरिकी नागरिक भएपछि स्वत खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी निर्वाचनमा भाग लिन नपाउने संबैधानीक तथा कानूनी व्यवस्था रहेकाले छ । ‘गम्बु शेर्पाको नागरिकता सम्बन्धमा अध्यागमन विभागमा बुझ्दा निजले नेपालमा बस्नका लागि आबासीय (भिस्सा) प्रवेशाज्ञा लिएर बसेको पाइएको अधिवक्ता बस्नेतले  बताए । उनले अनुसूची २ को फारम भरेर नेपाली नागरिकता (प्रतिलिपी) समेत लिएको देखिएकाे र यसमा अमेरिकी नागरिकले नेपाली नागरिकताको प्रतिलिपी कसरी पाए भन्ने गम्भीर प्रश्न रहेकाे उनकाे भनाइ छ ।

शेर्पाले २०७९ बैशाख ५ मा नागरिकताको प्रतिलिपी लिएका छन् भने उनले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेश गगरेका छैनन् । शेर्पाको अमेरिकी नागरिकतालगायत आवश्यक कागजात अदालतले माग गरेको खण्डमा अध्ययागमन विभागले उपलब्ध गराउने जनाएको छ । नेपालको संविधान ०७२ को १४४ (१) बमोजिम सार्वजनीक सरोकारको विवादको विषय भएकाले उमेदवार हुँदादेखि निर्वाचित सम्मको कागजात गैरकानूनी भएको दाबीसहित शेर्पाको अध्यक्ष पद खारेज गर्न माग गर्दै मुद्दा दायर गरिएको निवेदक बस्नेतले बताए ।

सोही प्रकृतिको मुद्दा लगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको नेपाली नागरिकता खारेजसँगै सांसद र मन्त्री पद समेत खारेज भएको थियो । शेर्पाको मुद्दालाई रवीकै मुद्दालाई नजिर बनाउदै सर्वोच्च अदालतले गरेको फैसलाको छायाँकपी समेत पेश गरिएको छ । गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको निर्वाचित शेर्पासंग नेपाली कांग्रेसका भुपेन्द्र बस्नेत २७५२ मतकासाथ पराजित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर