• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

धनकुटामा भारतीय गाडी दुर्घटना हुँदा तीनजना घाइते

धनकुटा । धनकुटामा भारतीय गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । बिआर १० एच ४९१० नम्बरको जिप दुर्घटनामा परी धनकु६ाका एक र माेरङका दुइजना घाइते भएका हुन् ।

धनकुटा नगरपालिका वडा नं. ९ खुरिल्लामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा धनकुटा नगरपालिका वडा नं. ४ कि १९ वर्षीया प्रिस्किला तामाङ गम्भीर घाइते भएकी छन् । तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

यस्तै मोरङको जहदा गाउँपालिका वडा नं. ३ का २३ वर्षिया अजय मलाह र जहदा गाउँपालिका वडा नं. ४ का सुरेश मुखिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मलाह र मुखियाको धनकुटा अस्पतालमा सामान्य उपचार गरिएको प्रहरीले जनाएकाे छ ।

गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडिबाट सवारीको कागजपत्र र कस्माघ वडा नं. ३ जोगवनी ठेगाना रहेका श्रवण कुमार यादवको सवारी चालक अनुमति पत्र फेला परेको धनकुटाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर