• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नक्कली शरणार्थी काण्डका आराेपीहरू कुनै हालतमा उम्किन सक्नदैनन्: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण-अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आराेपीतहरू अदालतबाट समेत उम्किन नसक्ने बताएका छन् । नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार उनलाई भेट्न गृहमन्त्रालय पुगेका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । 

उनले सरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने बताउँदै राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए ।

आफुलाई कतिपयले 'सधै गृहमन्त्री होलास् र? थुनिएकाहरू निस्किदा तेरो के होला?' भन्ने गरेपनि बरु सहिदको लाममा मिसिन तयार हुने तर सुशासन र जनसेवाका लागि लडिरहने पतिबद्वता व्यक्त गरे । ठोस तथ्यप्रमाण बिना  अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको समेत उनले बताए ।

नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार गृहमन्त्रालयमा  डा. संजिव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापा सहितका नागरिक आन्दोलनका अगुवाहरु पुगेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर