समीक्षाले रुँदै भनिन्ः 'अर्को जन्ममा छोरी भएर जन्मनु नपरोस' 

काठमाडौं । गायिका समीक्षा अधिकारीले पछिल्लो दिनमा सामाजिक रुपमा तनाव खेप्नुपरेको कुरा अभिव्यक्त गर्दै आएकी छन् । आफ्नो पुरानो सम्बन्ध र अवस्थालाई लिएर अहिलेपनि मानिसहरुले टर्चर गर्ने गरेको उनको भनाई छ । 

उनले हालसालै एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति पुनः चर्चामा छ । अन्तर्वार्तामा उनले बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग रकम नदिएको बताएकी छन् । 

अन्तर्वार्तामै धरधरी रोएकी समीक्षाले सो कुरा बताएकी हुन् । नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् ।

उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’

धरौटीको दस लाख आफूले नलिए तापनि मान्छेहरुले भने त्यही कुरा गरेर आफ्नो परिवारलाई टर्चर दिएको उनको गुनासो छ ।

उनले भनेकी छन्, ‘दाइले दुई,तीन वर्ष दुबईमा बसेर दुःख,संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’

यति कुरा सुनाइरहँदा समीक्षाले रुँदै भनेकी छन्, ‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर