• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

यौन जीवनमा बहार ल्याउनु छ ? थाहा पाउनुस् यी १० कुरा 

काठमाडौं । यौन जीवन सम्भवतः विश्वमा सवैभन्दा धेरै खोजिने तर खुलेर कुरा नहुने चिज । विश्वका हरेक नागरिकको यसमा चासो छ । जुन सास्वत सत्य हो । 

परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई ध्यान दिनुपर्ने हुन्छ ।

यौन शिक्षा
उत्कृष्ट र आनन्ददायक यौन सम्बन्धका लागि यौन शिक्षाको ज्ञान हुन जरुरी छ । यसले हामीमा रहेको यौन सम्बन्धी भ्रम चिर्न र यौनलाई आयमिक रुपमा बुझ्न सहयोग गर्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने, यौनजन्य संक्रमणबाट कसरी बच्ने भन्ने कुरा जान्नुपर्छ । सुरक्षित, संयमित यौन क्रियाकलापका लागि आवश्यक जानकारी सहितका पुस्तक एवं जानकारी मूलक सामाग्री जताततै उपलब्ध हुन्छन् । दम्पतीले यौन, यौनाङ्ग आदिको बारेमा राम्रो ज्ञान राख्नुपर्छ ।

आफैँलाई समय दिनुहोस्
तपाईंको उमेरसँगै तपाईंको यौन प्रतिक्रिया पनि बिस्तारै कम हुँदै जान्छ । त्यसैले यहाँहरुले उमेरमा नै पर्याप्त समय दिनुपर्छ । जब तपाईंको यौन प्रतिक्रियाहरु ढिलो सुरु हुन्छ । तब तपाईं आफ्ना पार्टनरको साथमा एक शान्त एवं आरामदायक र रोकावट मुक्त ठाउँ खोजेर यौनक्रिडामा रमाउन सक्नुहुन्छ ।

योनी सुख्खा हुन नदिनु
प्रायःयोनि सुख्खा भयो भने यौन सम्पर्कमा कठिनाइ हुने गर्छ । यस्तो अवस्थामा यौनक्रिंयामा रमाइलोभन्दा पनि पीडा बढी हुन सक्छ । त्यसैले योनीलाई सुख्खा हुन नदिनको लागि पहिले योन सम्पर्कभन्दा पहिले फोर प्लेको माध्यमबाट योनीलाई सुख्खा हुन दिनु हुँदैन ।

आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्नु
यौन सम्पर्कको लागि शारीरिक तन्दुरुस्ती पनि आवश्यक हुन्छ । यदि तपाईं तनाव र पीडामा हुनुहुन्छ भने यसले तपाईंको यौन जीवनमा खुसी ल्याउन नसक्ने हुन सक्छ । त्यसैले तपाईंले आफूलाई सबैभन्दा पहिले थकान रहित महसुस गर्नुपर्ने हुन सक्छ ।

स्पर्शको अभ्यास
यौन सम्पर्कलाई झनै आकर्षक र रोमान्चक बनाउनको लागि सबैभन्दा पहिले एकले अर्कालाई कामुक पाराले स्पर्श गर्ने अभ्यास गर्न सक्नुहुन्छ ।

फरक पोजिसनको अभ्यास
यौन सम्पर्कको समयमा विभिन्न यौन पोजिसनको बारेमा पनि जान्नु पर्छ । एउटै पोजिसनमा यौन सम्पर्क राख्दा यौन जीवन त्यति खुसी युक्त हुँदैन । त्यसैले यौन सम्पर्क अघि विभिन्न पोजिसनको ज्ञान हुनु जरुरी छ ।

तपाईंको प्रेम र कल्पना सुनाउनुहोस्
यौन सम्पर्कको लागि सबैभन्दा पहिले पार्टनरहरुबीचको कल्पना र प्रेमलाई एक अर्कामा अभिव्यक्त गर्ने कोसिस गर्नुहोस् । जसले मुड अफ भएकालाई पनि मुडमा ल्याउन सकिन्छ ।

आनन्द महसुस गर्नुहोस्
शारीरिक थकान मात्रै होइन । तपाईंले रमाइलो यौन जीवनको लागि मानसिक रुपमा पनि आनन्द महसुस गर्नुपर्छ । त्यसैले सबैभन्दा पहिले आनन्द महसुस गर्ने कोसिस गर्नुपर्छ ।

तरंगित बनाउने कोसिस गर्नुहोस्

विशेषगरी यौनक्रियामा महिलाहरुमा बढी कम्पनयुक्त क्षमता बढी हुन्छ । पुरुषहरुमा कम्पन उत्पन्न गराएर यौन क्रियाकलापमा सहभागी गराउनु आवश्यक देखिन्छ ।

हार नमान्नुहोस्

यदि तपाईंको कुनै पनि प्रयासबाट पनि यौन सम्पर्कमा सन्तुष्टि मिल्दैन भने पनि हार नखानुहोस् । यसको लागि यौन समस्याको कारण कारण निर्धारण गरेर त्यसको प्रंभावकारी उपचार खोज्न सकिन्छ । त्यसैले कहिलै पनि हार मान्नु हुन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर