रोल्पा बस दुर्घटनामा चार जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थित रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो। मृत्यु हुने तीन जना पुरुष र एक जना महिला छन्। उनीहरुको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।  

दुर्घटनामा १४ जना घाइते हुनुभएको छ। दुर्घटनामा मृत्यु हुनेको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । उनले भने, ‘दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ। १४ जना घाइते हुनुभएको छ भने एक जना बालक भेटिएका छैनन्।’ 

रोल्पाको बाघमाराबाट हिँडेको बस पानी परेर चिप्लो भएका कारण दुर्घटनामा परेको अनुमान प्रहरीको छ। बस शहीदमार्ग अन्तर्गत रिचीको घुम्तीबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा घाइतेको उद्धारपछि रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर