• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

महिला विश्वकप क्वाटर फाइनल प्रिभ्यूः आउनसक्छ अनपेक्षित नतिजा

काठमाडौं । अस्ट्रेलिया र न्युजील्यान्डमा जारी फिफा महिला विश्वकपमा अब मात्र ८ टिम प्रतिस्पर्धामा बाँकी छन् । प्रतियोगिता सुरु हुनुपूर्व अनुमान गरिएका धेरै टिम बाहिरिसकेका छन् । यस्ले समर्थकलाई अचम्मित पनि पारेको छ । शुक्रबार बाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । यो संस्करणको  महिला विश्वकप इतिहासकै सवैभन्दा वाइड ओपन बनेको छ । 

कोलम्बिया, फ्रान्स, स्पेन, नेदरल्यान्डस,  जापान, स्विडेन, अस्ट्रेलिया र इङल्यान्डले क्वाटरफाइनल यात्रा तय गरे । जब महिला विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी हुने पक्का भयो, धेरैमा आशंका थियो, के कम वरियतामा रहेका राष्ट्रले यो स्तरमा प्रतिस्पर्धा गर्न सक्लान ? 

प्रतियोगिता मध्य तिर पुग्दा  ठ्याक्कै उल्टो भयो  । ठूला टिमहरुले अपेक्षा अनुसारको खेल्न सकेनन् । साना टिमहरुले बलियो चुनौती पेश गरे । मात्र एउटा पूर्व च्याम्पियन जापान जारी विश्वकपमा बाँकी छ । एसियाली राष्ट्रले सन २०११ मा उपधि जितेको थियो । 

यो विश्वकपको सवैभन्दा सरप्राइज नतिजा भनेको अमेरिकाको बर्हिगमन हो । महिला फुटवलको पावर हाउस अमेरिका प्रि टुर्नामेन्ट फेभरेट थियो । नहोस पनि किन । अमेरिकाले विश्वकपका आठ संस्करण मध्ये चार पटकको विजेता हो । 

पछिल्ला दुइ विश्वकपमा त उसले एकछत्र राज गर्यो । लगातार तीन विश्वकप जित्दै महिला र पुरुष दुवै तर्फ इतिहास रच्ने लक्ष्यमा थियो । तर अमेरिकाको यात्रा अन्तिम १६ मा नै रोकियो । 

उसको यात्रामा तगारो बन्यो स्विडेन ।  १ सय २० मिनेट सम्म गोलको प्रयास गरेको अमेरिकालाई स्विडेन गोलकिपर जचिरा मुसोभिचले निराश पारिन् । खेल पेनाल्टिमा पुग्नु अघि सम्म उनले कुल एघार अमेरिकी प्रहारको बचाउ गरेकी थिइन् । पेनाल्टिमा अमेरिका चुक्यो । अहिले सम्म विना पदक अमेरिका घर फर्किएको यो पहिलो पटक हो । 

मेगन रपिनो, एलेक्स मोर्गन जस्ता स्टार खेलाडी यो पटक असफल रहे । रपिनोको त यो अन्तिम विश्वकप पनि हो । यसअघिनै उनले विश्वकप पछि सन्याष लिने घोषण गरिसकेकी थिइन् । 

प्रशिक्षक भ्लात्कोको रणनिती माथि प्रश्न उठिरहेको छ । अमेरिकी टिममा उनको भविष्य के भन्ने पनि अन्यौलनै छ । यो पटक अमेरिका २३ मध्ये १४ नयाँ खेलाडीसहित विश्वकपमा सहभागी भएको थियो । 

समुह चरणमा पनि अमेरिकाले  तीन खेलमा मात्र भियतनामलाई जितेको थियो । नेदरल्यान्डससँग एक–एक गोल र पोर्चुगल संग गोल रहित बराबरी खेलेको थियो । यो पटकको प्रदर्शनले के महिला फुटवलमा अमेरिकाको वर्शच्व सकिएकै हो त भन्ने प्रश्न उब्जाएको छ । 

विश्वकपको रोमान्चकता, प्रतिस्पर्धा र सरप्राइज यतिमै रोकिएन् । दुइ पटकको विजेता जर्मनी समुह चरण बाटै बाहिरियो । १९९५ को च्याम्पियन नर्वे, ओलम्पिकको साविक स्वर्ण विजेता क्यानडा, उपाधि दावेदार ब्राजिलले पनि नक आउट चरणमा स्थान बनाउन सकेनन् । ब्राजिलले  समुह चरण पार गर्न नसकेको १९९५ यता पहिलो पटक हो । यो संगै स्टार मार्टाको सपना पनि अधुरै रह्यो  । छैटौ विश्वकप खेलेकी ब्राजिलियन फरवार्ड मार्टाको करियर विश्वकप उपाधि विनानै टुंगिंएको छ । 

अन्तिम १६ मा नाइजेरियालाइए पेनाल्टिमा पराजित गरेपछि इङल्यान्ड प्रशिक्षक सरिना भिगमनले भनिन – ‘यो प्रतियोगितामा केही पनि सहज छैन् । यो उत्साहजनक पनि हो, महिला फुटवलको स्तरबृद्धि भइरहेको छ । समूह चरणमा हामीले देख्यौ, धेरै खेल समान थिए । यो होइन की अनुमान गरिएका टिमलेनै सधै जित हात पार्छन् । 

विश्वकप कस्ले जित्छ त ? केही अनुमान ? 
जापान चार वर्ष अघिको पीडा भुलाउने प्रयासमा छ । २०१९ को फ्रान्स विश्वकपमा जापान अन्तिम १६ बाटै बाहिरिएको थियो । तर यो पटक प्रतियोगिताको फेभरेट बनेको छ । नर्वेलाई तीन एक गोलले पराजित गर्दै जापान क्वाटरफाइनल प्रवेश गरेको छ । जापानको असली परिक्षा शुक्रबार हुनेछ । सेमीफाइनल प्रवेशका लागि जापानले स्विडेनको सामना गर्नेछ । त्यही स्विडेन जस्ले चार पटकको च्याम्पियन अमेरिकालाइ घर पठायो । 

स्पेनले यसअघिनै विश्वकपमा इतिहास बनाइसकेको छ, पहिलो पटक क्वाटरफाइनल पुगेर । समुह चरणको अन्तिम खेलमा चार शुन्यको हार बेहोरेको स्पेनले प्रि क्वाटरफाइनलमा उत्कृष्ट पुनरागमन गर्यो । स्विटजरल्यान्डलाई पाँच एक गोलको फराकिलो अन्तरले हराउदै स्पेन तेस्रो सहभागितामा अन्तिम आठमा  स्थान बनाउन सफल भएको हो । स्पेनले क्वाटरफाइनलमा साविक उपविजेता नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्दैछ । 

नेदरल्यान्डस जारी प्रतियोगितामा अपराजित छ ।  समुह चरणमा उसले भियतनामलाई सात शुन्य गोलको विशाल अन्तरले हराएको थियो । जुन जारी विश्वकपको अहिले सम्मको फराकिलो जित हो । 

सहआयोजक अस्ट्रेलिया स्टार फरवार्ड साम कर विनानै अघि बढीरहेको छ । राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता कर अन्तिम १६ मा डेनमार्क विरुद्ध ७८ औं मिनेटमा सब्सिच्यसुट खेलाडीका रुपमा मैदान प्रवेश गरेकी थिइन् । फ्रान्स संगको क्वाटरफाइनलमा भने उनले सुरुवात गर्ने अनुमान गरिएको छ । 

फ्रान्स चार वर्ष अघि घरेलु मैदानमा क्वाटरफाइनलमानै रोकिएको थियो । प्रशिक्षक हार्भे रेनर्डले अन्तिम आठको प्रतिस्पर्धामा दवाव आफ्नो टिमलाई नभएर घरेलु टोली अस्ट्रेलियालाई हुने बताएका छन् । 

२०१९ मा फ्रान्सलाई आफ्नो मैदानमा जे भएको थियो त्यही दवाव यो पटक अस्ट्रेलियालाई हुने उनको भनाइ छ । फ्रान्स मरक्कोलाई चार शुन्यले हराएर क्वाटरफाइनल पुगेको हो ।  

फिफा वरियताको चौथो स्थानमा रहेको इङल्यान्ड उपाधिको प्रमुख दावेदार मध्येको एक हो । भिगमनको टिम पछिल्ला ३७ खेल मध्ये ३६ मा अपराजित छ । 

क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध उत्रँदा इङल्यान्ड फेभरेट रहनेछ । कोलम्बिया क्वाटरफाइनल खेल्ने आठ टोली मध्यको वरियतामा सवैभन्दा कम २५ औं स्थानमा छ । यो खेलमा इङल्यान्डकी लअरेनस जेम्स भने हुने छैनन् । जारी विश्वकपमा उच्च फर्ममा रहेकी जेम्सले नाइजेरियासंगको खेलमा रातो कार्ड पाएकी थिइन्  । कोलम्बिया १८ वर्षिया लिन्डा काइसेडो प्रेरित छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर