• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

यौन जीवन कसरी सफल बनाउने ?

  काठमाडाैं । यौन जीवनको पर्याप्त आनन्द लिनका लागि शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । यसका साथै यौन सम्पर्कका लागि दुवै पार्टनरकोे मुड ताजा हुनुपर्छ । योसँगे यी कुरालाई पनि मनन गर्नुपर्छ ।

– सम्भोगका बेला पार्टनरको मुडलाई ध्यानमा राख्नुहोस् ।
– यदि, पार्टनरको मुड खराब छ भने माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् । तर, सम्भोगका लागि पार्टनर तयार नहुँदै कर भने गर्नुहुँदैन ।
– यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस् । सेक्सको समयमा पार्टनरको सन्तुष्टिलाई ख्यालमा राख्नुहोस ।
– सेक्सको विषयमा तपाईंं वा पार्टनरको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस र सेक्सलाई अघि बढाउनुहोस् ।
– यौनजीवनको पर्याप्त आनन्द लिनका लागि शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं एक्सरसाइज र सन्तुलित भोजन गरी तन्दुरुस्त रहनुहोस ।
– यौनसम्पर्कको बेला कम बोल्नुहोस र आफ्नो पार्टनरको कुरा पनि सुन्नुहोस ।
– सेक्सका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोस ।
– सेक्सको बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले नजिक हुने प्रयास गर्नुहोस् ।

अविवाहित युवायुवतीमा यौन जिज्ञासाहरू धेरै हुन्छन् । यसबारेमा थाहा पाउन पनि आतुर हुन्छन् पहिलोपटक हुने सेक्सको बारे रहेको कौतुहलता यसरी मेट्नुहोस् ।

१. यदि, पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारीरिक आवश्यकताको बारेमा जानकारी साटासाट गर्नुहोस् ।
२. पहिलो सेक्स धेरै राम्रो बनाउन तपाईं धैर्यवान् हुनुहोस् । तपाईंको पहिलो सेक्स अनुभवमा नआत्तिनुहोस् । यो समयसँगै राम्रो हुँदै जान्छ ।
३. यदि, तपाईंको पहिलोपटकको सेक्स हो भने एक–अर्कालाई बुझ्नुहोस् । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा नगर्नहोस् ।
४. महिलाहरू माया दर्शाउन लजाउने गर्दछन् । तर, पहिलोपटक सेक्स गर्दा तपाईंले नै यौन अघिको क्रियाकलापबाट पहल गर्नुहोस् ।
५. पहिलो पटकको सेक्स गर्नुपूर्व आफ्नो पार्टनरसँग तपाईं रमाइलो कुराकानी गरी रिझाउन सक्नुहुन्छ ।
६. पहिलो पटकको सेक्स पीडादायक हुन्छ । तर, यदि ठीक तरिकाले फोरप्ले गरे निकै सजिलो र कम पीडादायी हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर