जेलबाङ सेवा समाजले निर्माण गरेको फिल्म आग्रे कोरियामा प्रदर्शन हुँदै

जुनिस कुमार विष्ट,रोल्पा । रोल्पाको जेल्बाङमा रहेका मगर जातिहरुको पुर्खौली पेशा खानीमा आधारित रहेर निर्मित वृत्तचित्र आग्रे दक्षिण कोरियामा प्रदर्शनमा आउने भएको छ । दक्षिण कोरिया बसोबास गर्ने नेपाली मगरहरुद्धारा संचालित संस्था नेपाल मगर संघ दक्षिण कोरियाको आयोजनामा उक्त वृत्तचित्र आग्रे प्रदर्शनमा आउन लागेको हो ।

वृत्तचित्र आग्रे आउदो सेप्टेम्बर १० को अपरान्ह १२ बजे सुवनमा रहेको  सिनेमा हलमा प्रदर्शन गरिने भएको नेपाल मगर संघ दक्षिण कोरियाका सचिव विष्णु पुन सन्नयासले जानकारी दिए । आग्रे प्रदर्शनबाट उठेको रकमबाट मगर कम्युनिटी अफिसियल मिनी लाईबेरी दक्षिण कोरिया तथा विश्व मगर कम्युनिटी ई—लाईबेरी निर्माण गर्ने योजना रहेको सचिव पुनले बताए । साथै आग्रे हेर्न नभ्याउने टाढा टाढा रहेका सबैले टिकट लिई सहयोग गर्न समेत सचिव पुनले आग्रह गरे ।

यसअधि वृत्तचित्र आग्रेको ३९ देशहरुमा फिल्म फेस्टिबल कार्यक्रम आयोजना गरि दर्जनभन्दा बढी पुरस्कारबाट सम्मानित समेत भएको छ ।

जेल्बाङ सेवा समाजको आर्थिक लगानीमा पूर्वी रोल्पाको ससुनछहरी गाउँपालिका ७ जेल्बाङकोफलामखानी माथिको कथा वस्तुमा आधारित वृत्तचित्रको स्टोरी कवि विष्णु पुन सन्नयासको रहेको छ भने डाइरेक्सन आदिवासी फिल्म फेस्तिबल अमेरिकाबाट ३ उत्कृष्ट पुरस्कार समेत हात पार्न सफल भएका अनिल बुढामगरको रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर