गायिका समिक्षा अधिकारी फसिन् फेरि अर्को काण्डमा  !

काठमाडौं । गायन कलाका कारण सानै उमेरदेखि चर्चित बनेकी गायिका समीक्षा अधिकारी नयाँ काण्डमा फसेकी छन् । अघिल्लो भ्रमणका क्रममा उनले देखाएको व्यवहारका कारण  उनको अस्ट्रेलियाको भिसा रद्द भएको छ ।   

यसअघि फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

उनी अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको १ वर्षको भिसा भएकाले आफू १८ वर्ष नपुगेकोले अर्को नयाँ केयर टेकरको आवश्यकता पर्ने भन्दै दूतावासमा आवेदन दिएकी थिइन् ।

पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ । 

नायल पल शाहसँगको सम्बन्धका कारण उनी यस अघि विवादित बनेकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर