• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

टीकापुरको सरकारी जग्गा आरुजु र रेशमको नाममा  

काठमाडौं । कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको सरकारी जग्गा नेपाली कांग्रेस नेतृ आरजु राणादेखि नवगठित राजनीतिकदल नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसम्मले घोटला गरेको तथ्य बाहिरएको छ ।

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला मन्त्री सरहको सेवासुविधा पाउने गरी २०५३ सालमा नैनबहादुर स्वाँर टीकापुर विकास समितिको अध्यक्ष भएको वेला कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवालाई समेत जग्गा उपलब्ध विवरण अनलाइन खबरले सार्वजनिक गरेको हो ।

१३ वैशाख २०५४ मा आरुजुले दिएको निवेदनका आधारमा त्यसको दुई दिनपछि १५ वैशाख २०५४ मा डा.आरजु राणा देउवाले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएको कागजातबाट स्पष्ट भएको छ । आरजुको घडेरी हाल टीकापुर नगरपालिका वडा नं. १ मा पर्ने बसपार्क नजिकै मूल सडकमा पर्छ । 

यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि यो जग्गा लिएको भेटिएको छ । रेशमले फूलबारी एफएमको नाममा सप्तऋषि स्कुलसँगै जोडिएको ५ कट्ठा जग्गा छन् । नगर विकास समितिले मिलेमतोमा नक्कली कागजपत्र बनाएर जग्गा बाँडफाँट गरेको थाहा पाएपछि रेशमले पनि २०६५ सालमा पत्रकारको पहुँच प्रयोग गरेर उक्त जग्गा लिएका हुन् ।

लामो समय लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले यो तथ्य देखाएको हो । यद्यपि अख्तियारले प्रतिवेदन सार्वजनिक गरिनसकेकोले यसको विस्तृत विवरण बाहिर आउन बाँकी नै छ । अख्तियारको सुदूरपश्चिम कार्यालय स्रोतका अनुसार, हालसम्म करिब ६०० जनासँग बयान लिएर प्रमाण जुटाउने काम भइरहेको छ ।

अख्तियार उच्च सूत्रका भनाइमा, ‘१२० वटा हाराहारी कागजपत्रहरू नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सबै नै नक्कली भएको पुष्टि भएको छ ।’ अख्तियारका एक जना अधिकारीका अनुसार सम्भवतः यो अहिलेसम्मको सबभन्दा ठूलो जग्गा हिनामिनाको यो घटना ललितानिवास प्रकरण भन्दा गम्भीर छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर