मेरो माइक्रोफाइनान्सको सीईओमा दाहाल दोहोरिए

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको १४४ औँ सञ्चालक समितिको बैठकले दाहाललाई असोज १ गतेबाट लागु हुने गरी पुनः आगामी ४ वर्षको कार्यकालका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर