• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयासमा छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफु देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयासमा रहेको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले देशको अर्थतन्त्र लयमा फर्कन लागेको बताए ।

देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु । पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सन्चित पर्याप्त छ । आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ । आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ,' मन्त्री डा. महतले भने

उनले सरकारले  अनुमान गरेअनुसार राजश्व बढन नसकेपनि  गत आर्थिक बर्षको तुलनामा वृद्धि भइरहेको बताएका छन् ।

''आउँदो वर्ष लक्ष्यमा पुगे विश्वास लिएको छु । राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ,'' अर्थमन्त्री महतले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर