हत्या अभियोगमा सांसद यादव पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।  

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले  बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

गोविन्द चौधरीको हत्या अभियोगमा यादव अदालतबाट दोषी ठहर भएको हो । कैद सजाय भुक्तान नभएकाले सांसद यादव अदालतको फरार सूचीमा छन् ।

स्वतन्त्र उम्मेदवार भई २०७१ सालमै प्रदेश सांसदमा निर्वाचित भएपछि दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो ।

यस्तै उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो भने सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर