• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

जी २० बैठकः परमाणु अतियारका विरुद्ध उभिने

एजेन्सी । विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्। 

भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन युद्धलाई औँल्याउँदै दिगो शान्तिको पक्षधरता देखाएका हुन्। रुसको नाम नलिई जी–२० सदस्य मुलुकले बाली घोषणापत्रको स्मरण गराएका छन्। जस अनुसार युक्रेनमा दिगो शान्तिका लागि सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। घोषणापत्रमा सदस्य राष्ट्रहरूलाई आफ्नो सिमाना विस्तार गर्न बल प्रयोग वा धम्कीबाट अलग रहन पनि स्मरण गराइएको छ।

सो घोषणापत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गर्दै ‘अहिलेको युग युद्धको युग होइन’ भनेको विषय प्रस्ट रहेको बिबिसीले उल्लेख गरेको छ। 

विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० को यस वर्षको शिखर सम्मेलन शनिबारदेखि भारतमा सुरु भएको हो। नजिकको मित्र चीनको अनुपस्थितिमा सुरु भएको सम्मेलनले नयाँ मित्र अफ्रिकी सङ्घको साथ लिन सफल भएको छ। योसँगै जी–२० समूहले चीनको उपस्थितिबिना नै सहमतिमै जी–२० दिल्ली घोषणापत्र ल्याउन  सफल भएको हो। त्यसको जानकारी दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “हाम्रो समूहको कडा परिश्रम र तपाईंहरू सबैको सहयोगले नयाँदिल्ली जी–२० घोषणामा सहमति भएको छ।”

बलियो, दीर्घकालिक सम्बन्ध र समावेशी विकासमा जोड दिँदै समूहले घोषणापत्र स्वीकृत गरेको उनले बताए । घोषणापत्रमा सदस्य मुलुकमा निरन्तर विकासका लक्ष्य अगाडि बढाउन, दीर्घकालिक भविष्यका लागि हरित विकास सम्झौता गर्दै २१ औँ शताब्दीको बहुपक्षीय संस्था जी–२० ले बहुपक्षवादलाई पुनर्जीवित गर्न चाहेको विषयलाई महत्त्वका साथ उल्लेख गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरण र दिगो विकासका लक्ष्यको कार्यान्वयनलाई पनि संयुक्त घोषाणापत्रले जोड दिएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, अमेरिकाका राष्ट्रपति जो बाइडेन, युरोपियन कमिसनका अध्यक्ष उर्सुला भान डेर लियन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किसिदालगायतका शक्तिशाली नेताहरूको बलियो साथले सहमति बनाउन भारतलाई सहज भएको छ। अमेरिकाका राष्ट्रपति बाइडेन र मोदीको सहकार्यले दक्षिण एसियाको शक्ति सन्तुलनलाई नयाँ मोड दिएको अनुमान विश्लेषकहरूले गर्न थालेका छन् तर चीन जी–२० बाट टाढा हुन लागेकाले फेरि अर्को धु्रवीकरण बन्ने हो कि भन्ने अनुमान गर्न थालिएको छ। 

यो समयले वर्षौं पुराना चुनौतीले नयाँ समाधानहरू मागिरहेको अथ्र्याउँदै मोदीले मानवकेन्द्रित दृष्टिकोणका साथ सबै जिम्मेवारी पूरा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

कोभिड–१९ महामारीपछि विश्वमा विश्वासको सङ्कट आएको र द्वन्द्वले विश्वासको कमीलाई अझ गहिरो बनाएकोमा उनले चिन्ता प्रकट गरे। उनले भने, “जसरी हामीले कोभिडलाई जित्न सक्यौँ, त्यसरी नै पारस्परिक विश्वासको सङ्कटलाई पनि पार गर्न सक्छौँ।”

आइतबारसम्म चल्ने सम्मेलनमा नयाँ थपिएको अफ्रिकी र युरोपेली सङ्घसहित विभिन्न मुलुकका एक लाखभन्दा बढी प्रतिनिधि सहभागी छन्। झन्डै १५ वर्षअघिको विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यसहित विकसित मुलुकले जी–२० समूह स्थापना गरेका हुन्। 

यो समूहमा भारत, चीन, अमेरिका, ब्राजिल, अस्टे«लिया, कोरिया, मेक्सिको, रुस, बेलायत, साउदी अरब, टर्किए, फ्रान्स, जापान, जर्मनी, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, युरोपियन युनियन र अफ्रिकी युनियन सदस्य छन्।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर