अरुण काबेलीको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

अरुण काबेली पावर कम्पनी लिमिटेडले खुला राखेको हकप्रद सेयरमा आवेदन दिने आज अर्थात भदौ ३१ गते अन्तिम दिन रहेको छ। भदौ ११ गते देखि खुला भएको हकप्रद आज बन्द हुने भएको हो। यसअघि कम्पनीले  भदौ ८ गतेदेखि हकप्रद खुल्ला गर्ने भनेकोमा कम्पनीले यसअघि प्रकाशित सूचनामा गल्ती भएकाले भूल सुधार गरिएको भन्दै  एक सूचना प्रकाशन गरेर हकप्रद सेयर निष्कासन गर्ने मिति सारेको थियो । 

कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर