तीजको व्रत बस्दैहुनुहुन्छ ? ध्यान दिनुहोस् यी १२ कुरा

काठमाडौं । नेपाली समुदायमा तीजको अघिल्लो दिन दरका रूपमा मीठामीठा ‘क्यालोरीुयुक्त खाना खाने र खुवाउने चलन छ । तर भोलिपल्ट अन्न नखाँदा स्वास्थ्यलाई खासै फरक नपरे पनि शरीरलाई ‘डिहाइड्रेसनु र ‘ग्यास्ट्रिकु बाट बचाउन शक्ति प्राप्ति र सञ्चयका लागि मौसमी फलफूल, दूधदहीलगायत झोल पदार्थ यथेष्ट मात्रमा पिउनुपर्ने चिकित्सकको सुझाव छ ।
तीज होस् वा अन्य कुनै समयमा व्रत बस्नु आफैंमा नराम्रो होइन तर पानी, फलफूल र दूधदही नखाई खाली पेट बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । कुनै समस्याबाट पीडित बिरामीले त व्रत नै बस्न नहुने सुझाव चिकित्सकबाट आउने गरेको छ । विशेषगरी नसर्ने रोग देखिएका वा सर्ने रोग पनि जटिल भएका बिरामी खाली पेट बस्नु उचित हुन्न ।
१. शरीरमा कुनै रोग या समस्या छ भने व्रत नै नबसौं ।
२. निरोगीले पनि निरहार व्रत बस्दा अनेकौं रोग उब्जन सक्छ ।
३. व्रतका बेला पोषणयुक्त फलफूल, दूधदही खाए पनि शक्तियुक्त खानाको कमीमा शरीर कमजोर बन्छ ।
४. शरीरले थेग्ने गरी मौसमलगायत कुरामा विचार गरी नाचगान र पूजापाठ गरौं ।
५. व्रतका बेला प्रशस्त मात्रामा पानी पिऔं ।
६. व्रत अघि धेरै चिल्लो र पिरो खाना नखाऔं ।
७. निद्रामा आएको गडबडीले पनि रोग उब्जाउन सक्छ । त्यसैले निद्रालाई पनि समय दिऔं ।
व्रतपछि यी कुरामा विशेष ख्याल गरौं
- एकैपटक धेरै नखाऔं ।
- खाली पेटमा चिल्लो र पिरो खाना खाँदा समस्या उत्पन्न हुन सक्छ ।
- पर्याप्त सुतौं र पानी पिऔं ।
- धेरै तातो वा धेरै चिसो नखाऔं ।
- फ्रिजमा राख्दा चिसो भएको खाना एकछिन बाहिर राखेपछि मात्र तताएर खाऔं । एजेन्सी
प्रतिकृया दिनुहोस