• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

प्रधानमन्त्रीको आश्वासनः विदेशमा रहेका नेपालीले मतदानको व्यवस्था गरिनेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताउनु आश्वासन दिएका छन् । 

संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन आइतबार न्यु योर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताउनु भएका हुन् ।

उनले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर