सडकमा किन लगाउन थालियाे राताे रंग ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न छुट्टै लेखको व्यवस्था गरेको छ । संविधान जारी भएको दिन भोलि असोज ३ गतेदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको हो।  

हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको छ।  

बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु हुनेछैन।  

अब उक्त सार्वजनिक सवारीको निम्ति छुट्टयाएको लेनमा कार्यालय समयमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर