• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

क्यानडा र भारतद्वारा एक अर्काका वरिष्ठ कुटनीतिज्ञ देश निकाला

काठमाडौं । खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको  हत्या आरोपमा भारत सरकारको हात रहेको भन्दै  क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको केही घण्टा नवित्दै भारतले पनि बरिष्ठ क्यानेडिन कुटनीतिज्ञ देश निकाला गरेका  छ । क्यानडाका उच्चायुक्त क्यामरन म्याकरीलाई आज  परराष्ट्र मन्त्रालयलाई बोलाएर देश निकाला आदेश दिएको हो ।  

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए । क्यानडाका प्रधानमन्त्री ट्रुडोले क्यानडाभित्र कुनै पनि नागरिकको हत्या गराउन विदेशी सरकार संलग्न हुनु हाम्रो देशको सम्प्रभूताको उल्लंघन भएको टिप्पणी गरेका थिए ।  

सदनमा उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी गराए ।

क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका बरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको पुष्टी गरेकी छन्  । ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनिन् । यद्यपि देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।

भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर