• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

संस्थापनका विश्वप्रकाश र प्रदीप इतर गुटको बैठकमा नजाने 

काठमाडौं । सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा विजयी भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा संस्थापन इतरको बैठकमा सहभागि नहुने भएका छन् । महामन्त्रीमा प्रतिस्पर्धा गरेका संस्थापन पक्षकै नेता प्रदीप पौडेल पनि गुटको बैठकमा नजाने मनसायमा रहेको उनी निकटस्थले बताएका छन् । 

आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक कोइरालाले बोलाएका छन् । 
कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । 

महामन्त्री गगन थापासँग जोडिएर काम गर्दै आए पनि इतरसमूहको बैठकमा  महामन्त्री शर्मा र नेता पौडेलको औपचारिक ‘इन्ट्री’ नभएको श्रोतको दावी छ ।

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महामन्त्रीमा पराजित भएपछि लामो समय संस्थापन पक्षमा टिकेन । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए । 

तर, महामन्त्री शर्मा इतर पक्षको बैठकमा सहभागी नहुने उनी निकट स्रोतले रातोपाटीलाई जनाकारी दियो । ‘पार्टीको महामन्त्री केन्द्रीय समिति बैठकअघि गुटको बैठकमा सहभागी हुने कुरा उपयुक्त हुँदैन । महामन्त्रीज्यू शेखर कोइरालाले बोलाएको बैठकमा सहभागी हुँदैन होला ,’ स्रोतले भन्यो  । नेता प्रदीप पौडेल पनि इतर पक्षको बैठकमा सहभागी नहुने बुझिएको छ । पौडेल आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्दै छन् । यद्यपि भदौ १७ गते नेता अर्जुननरसिंह केसीको निवासमा इतर पक्षका नेताहरूको छलफलमा भने महामन्त्री शर्मा र पौडेल सहभागी भएका थिए । 

उक्त छलफलमा महामन्त्रीद्वय थापा र शर्मा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी, प्रदीप पौडेल दिलेन्द्र बडु लगायत सहभागी हँदा नेता शेखर कोइरालालाई भने खबर गरिएको थिए । केसी निवासको छलफलले नेता कोइरालासँग परामर्श गरेर शर्मा र पौडेलसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर