एक्सनमा मेयर बालेनः सडकमा माटो झार्नेलाई ५० हजार जरिवाना

काठमाडौं । महानगर सफा र सुन्दर राख्न सडक सफा राख्नु सवैभन्दा प्राथामिक विषय हो । तर सडकमा जथाभावि गर्ने प्रचलन रहेकोप्रति काठमाडौं महानगरले कडा रवैया देखाउन थालेको छ । महानगरले सडकमा जथाभावि गर्नेलाई तत्काल जरिवाना गराउन थालेको हो । 

सडकमा माटो झारेको भन्दै बिलिल कन्टेकलाई काठमाडौं महानगरपालिकाले आज ५० हजार रूपैयाँ जरिवाना तिराएको हो ।

शुक्रबार बिहान काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा बिलिल कन्टेकले सडकमै माटो झारेको पाइएपछि जरिवाना तिराइएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार नै सडक पेटीमा निर्माण सामग्री राखी सडक अवरुद्ध गरेको भन्दै वडा नम्बर ९ तिलगंगा निवासी सुदर्शन कँडेललाई पनि २५ हजार रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

‘सडकमा निर्माण सामग्री राख्न पाइँदैन, सडक नै अवरूद्ध हुने गरी कसैले पनि निर्माण सामग्री राखेको सूचना हाम्रो टोलीलाई दिएको खण्डमा तत्काल कारबाही गर्छौं,’ नगर प्रहरीले भनेको छ ।  

नगर प्रहरीहरुले जथाभावी फोहोर फाल्ने, सडक अवरुद्ध गरेर निर्माण समग्री राख्ने, खुल्ला स्थानमा आगो बाल्ने, पर्चा, पोस्टर टाँसेर फोहोर गर्नेलाई ठाउँको ठाउँ जरिवाना गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर