प्रदेशको मुख्यमन्त्री हुँ तर जनताले प्रदेश रुचाएनन्: मुख्यमन्त्री पाण्डे  

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथी जनताको धेरै प्रश्न उठेको र जनताले नरुचाएको बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै पाण्डेले स्थानीय तहलाई नागरिकले रुचाए पनि प्रदेश संरचनालाई नरुचाएको बताएका हुन ।

पाण्डेले संघीयता हाम्रो चाहना हो कि होइन भन्दै बैठकमा पाण्डेले प्रश्न पनि गरेका छन् । ‘संघीयता संविधानमा लेखेकोले आत्मसात गरेको हौं वा हाम्रो यो चाहना पनि हो ?, ‘यसलाई हाम्रो इच्छाशक्ति छ कि छैन ? त्यसबारेमा अब विश्लेषण हुनुपर्दछ ।’ पाण्डेले बैठकमा भने ।

उनले प्रदेशले अधिकार नपाए प्रदेश सरकारको औचित्य नेदेखिने बताए ।

‘प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्ति अधिकार प्रदेश सरकारले पाउन सकेन भने प्रदेश सरकार हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्थामा रहँदैन । यी कानुन बनाउन सरकारले पहल गर्नुपर्‍यो हैन भने प्रदेश सरकार केही परिणम दिन सक्ने अवस्था छैन । औचित्यमाथि प्रश्न खडा भएको छ । प्रश्न उठ्नु स्वाभाविक हो भन्ने लाग्छ । किनकी हामीले नारा दिएर घरघरमा सिंहदरबार पुर्‍याउँछौँ भने पनि पुर्‍याउन सकेका छैनौं । म प्रदेशको मुख्यमन्त्री छु । हामीले चाहेर पनि गर्न सक्ने अवस्था छैन’पाण्डेले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर