• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

महिनावारी हुँदा ध्यान दिनै पर्ने १७ टिप्स

काठमाडौं ।  – महिनावारीका क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइमा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम पनि निम्त्याउन सक्छ । सरसफाइमा ध्यान नदिए कीटाणु पाठेघरमा जान सक्छ । जसले गर्दा इन्फेक्सन हुन सक्छ । सरसफाइमा ध्यान दिँदा विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । प्रजनन स्वास्थ्यमा फाइदा पुग्छ ।
– महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । 
–दुईदेखि तीन घन्टाभित्रमा प्याड परिवर्तन गर्ने । 
– कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने । लामो समय एउटै कपडा प्रयोग नगर्ने । 
– सफा पानीले नियमित रूपमा यौनांग सफा गर्ने ।
– धेरै दुखाइ छ भने आराम गर्ने । 
– महिनावारी हुँदा पेट, कम्मर दुखेमा हटवाटर ब्यागले दुखेको भागमा सेक्ने । 
– प्रशस्त मात्रामा पानी पिउने । 
– महिनावारी हुँदा तरल पदार्थ बढी सेवन गर्ने र नियमित रूपमा आइरन, भिटामिन र पोषणयुक्त खानेकुरा खाने ।
– धेरै दुखाइ, वाकवाकी हुनेलगायतको समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने । 
– नियमित व्यायाम गर्ने ।
– धेरै तनाव नलिने ।
– महिनावारी हुँदा धेरैजसो महिलालाई पेट दुख्ने, वाकवाकी लाग्ने समस्या हुन्छ । शरीरबाट रगत बग्ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, झोलिलो तथा पोषिलो खानेकुरा खानुुपर्छ ।
– महिनावारीको समय अल्कोहलको सेवन गर्नुहुँदैन । यसले विभिन्न समस्या सिर्जना गर्न सक्छ । जस्तो, यसले शरीरमा इस्ट्रोजेनको लेभल बढाउने काम गर्छ । जसकारण महिनावारी अनियमित हुन सक्छ । 
– चिया–कफीको सेवन पनि कम गर्नुपर्छ । किनकि, यसमा क्याफिनको मात्रा अधिक पाइन्छ, जसले महिनावारीमा हुने दुखाइलाई बढाउँछ र मुड स्विङ गराउँछ । राम्रो निद्रा नलाग्न सक्छ ।
– अत्यधिक चिनीको सेवनबाट पनि बच्नुपर्छ । चिनीले पनि पेट दुखाउँछ । त्यसैले केक, कुकिज नखाँदा राम्रो हुन्छ । अत्यधिक चिल्लो खानेकुरा कम गर्नुपर्छ, जस्तो– बोसोयुक्त मासु । यस्ता खाद्यान्नको सेवनले पेट सुन्निन सक्छ । यसको साटो तपाईं चिल्लो कम भएका खानेकुरा लिन सक्नुहुन्छ । 
– जंकफुड नखाने, यसले पेट गडबड गर्न सक्छ । फलफूल प्रशस्तै खानुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर