एमाले बागमतीको नेतृत्व चयनमा सकसः बिहीबारलाई सर्यो चुनाव 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि चुनाव एक दिन पछि सरेको छ ।

बुधबार बिहान देखि मतदाता प्रकृया सुरु भएपनि मतदान भने बिहीबार मात्रै हुने भएको हो । यस अघि बिहीबारै मतदान गर्ने तयारी रहेका काठमाडाैं जिल्ला अध्यक्ष दीपक निराैलाले जानकारी दिएका थिए ।

बुधबार ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे भने उम्मेदवारको नामावली प्रकाशन गरिने छ। मतदान बिहीबार बिहान ११ बजे हुने बताइएको छ। 

एमाले बागमतीको अधिवेशन सोमबारबाट सुरु भएको हो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर