भारतीय मिडियामा नेपाली क्रिकेटले राखेको कीर्तिमानको चर्चा
2023-09-27-03-34-40.jpeg)
काठमाडौं । भारतीय मिडियाले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले एसियन गेमका दौरान राखेको किर्तिमानको खुलेर चर्चा गरेका छन् ।
उनीहरुले नेपाली टिम र नेपाली खेलाडीले मंगोलिया विरुद्ध राखेको ७ किर्तिमानको चर्चा गरेका हुन् ।
भारतीय टेलिभिजन च्यानल आज तकले ‘नेपालले एकै म्याचमा बनायो नयाँ रेकर्ड शीर्षकमा भिडियो समाग्री प्रशारण गरेको छ । नेपालले ४ ओटा टि ट्वान्टी खेलको रेकर्ड नेपालले एकै खेलमा तोडिदिएको बताएको छ ।
नेपालले टिट्वान्टी क्रिकेटमा कीर्तिमानी स्कोर, सर्वाधिक रन रेट, सर्वाधिक छक्का,कीर्तिमानी शतक, कीर्तिमानी अर्धशतक, स्ट्राइक रेटमा कीर्तिमान,ठूलो अन्तरको जितमा विश्व रेकर्ड बनाएको थियो ।
यी रेकर्डमा अफगानिस्तानको ठूलो अन्तरको जित पछि परेको थियो ।
न्यूज २४ स्पोर्टसले पनि नेपाली क्रिकेटको खुलेर प्रशंसा गरेको छ । नेपाली टिमले चीनमा जारी एसिया गेमका क्रममा अहिलेसम्म कसैले देखाउन नसकेको करामत देखाएको उल्लेख गरेको छ ।
इन्डिएन एक्सप्रेसले दीपेन्द्र सिंह ऐरीको तस्वीरसहितको समाचार लेखेको छ । दीपेन्द्रले भारतीय युवराजसिंह ध्वनीको रेकर्ड राख्दै ९ बलमा अर्थसतक हानेको समाचार छापेको हो ।
टाइम्स अफ इन्डियाले युवाराजको रेकर्ड तोड्दै नेपालले मंगोलिया विरुद्ध रेकर्ड बनाएको शीर्षकको समाचार लेखेको छ ।
नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो ।
यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८.३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८र४ बनाएको थियो ।
बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो ।
यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए ।
मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।
१३७ रनमा अविजित रहेका उनी टी-२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे ।
मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी-२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।
प्रतिकृया दिनुहोस