न्यूरोडबाट हिँडेर बसन्तपुर इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति पौडेल (फोटोफिचर)
2023-09-28-04-34-46.jpeg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल न्यूरोडको जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुगेका हुन् ।
काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लागाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए ।
बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ ।
राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले स्वागत गरेकी छन् ।
प्रतिकृया दिनुहोस