वनस्थलीमा फुटसल प्रतियोगिता, विजयी हुनेलाई एक लाख
2023-09-29-10-25-28.jpeg)
काठमाडौं । हाम्रो एकता खेलकुद क्लबले फुटसल प्रतियोगिता आयोजना गरेको छ । काठमाडौं–१६ वनस्थलीमा १४ असोजमा प्रतियोगिता हुन लागेको हो । प्रतिस्पर्धाका लागि १२ असोजसम्म टिम दर्ता गर्न पाइने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख पुरस्कार पाउने आयोजक हाम्रो एकता खेलकुद क्लबका अध्यक्ष मदन ढकालले जानकारी दिए ।
दोस्रो हुनेले ५० हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान ३–३ हजार पुरस्कार पाउनेछन् ।
आयोजकले टिम दर्ता गर्नका लागि ८ हजार शुल्क तोकेको छ । प्रतियोगिताको पूर्व अर्थ तथा ऊर्जामन्त्री, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उद्घाटन गर्ने आयोजकले बताएको छ ।
सामाजिक एकता, भ्रातृत्व तथा अनुशासन र विकासप्रति जागरण ल्याउन प्रतियोगिता आयोजना गरेको अध्यक्ष ढकालले बताएका छन् ।
प्रतियोगिता वनस्थली खरिबोटस्थित बल्छी, ध्रुवे फुटसल मैदानमा हुनेछ । यो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषदले पनि मान्यता दिएको ढकालले बताए ।
प्रतिकृया दिनुहोस