हिमालयन रिको सिईओमा उपाश्ना पौडेल नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओमा उपाश्ना पौडेल नियुक्त भएकी छिन् । सिईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सिईओ नियुक्त गरेको हो ।
पौडेल अघि सोही कम्पनी मै डेपुटी सिईओ थिइन् । उनलाई मासिक २२ लाख रुपैयाँ तलब भत्तासहित सिईओ नियुक्त गर्ने सञ्चालक समितिको प्रस्तावलाई नेपाल बिमा प्राधिकरणले स्वीकृति दिइसकेको छ । हिमालयनमा डेपुटी सिईओ नियुक्त हुनु अघि उनी तत्कालीन युनाइटेड इन्स्योरेन्समा सिईओ थिइन् ।
प्रतिकृया दिनुहोस