• २०८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025

‘विद्यार्थीले पढ्दा पढ्दै आफ्नो भविष्यको बारेमा सोच्नुपर्छ'

काठमाडौं। गरिमा विकास बैंकका जोखिम व्यवस्थापन विभाग प्रमुख दिपकराज भण्डारीले उच्च माध्यमिक तह अध्ययनरत विद्यार्थीहरुले पढ्दापढ्दै आफ्नो भविष्यको बारेमा सोच्नुपर्ने बताएका छन् ।

पर्वत हिमालय माध्यमिक विद्यालयमा आयोजित वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  फजुल खर्च गर्न नहुने बताएका हुन् ।

कार्यक्रममा उनले बैंक वित्तीय संस्थाको बारेमा सम्पुर्ण जानकारी गराएका थिए । उनले केन्द्रिय बैंकले नियमन गर्ने ४ प्रकारका बैंक तथा वित्तीय संस्थामा बचत गर्दा आफ्नो बचत सुरक्षित हुने भन्दै त्यस्ता संस्थामा बचत गर्न आग्रह समेत गरेका थिए ।ल्क्ष्ःद्य द्यबलप वउतक्ष्न्क्ष् एचगमभलतष्ब िद्ययह बम

उनले बैंकिङ कसुरबाट बच्च पहिले नै आफू सचेत हुनुपर्ने जानकारी दिए । हिजोआज विभिन्न चिट्ठा परेको कुरा गर्दै ठग्ने प्रवृत्ति बढेको भन्दै उनले आफुले कहिँ कतै  चिट्ठा नभरी नपर्ने कुरा बुझ्न आग्रह गरे ।

उनले ऋण लिने कुरामा के कामका लागि, किन, कति र आफ्नो सम्पत्तिले भ्याउने जति लिनुपर्ने बताए । साथै उनले ऋणको प्रक्रिया बुझेर मात्रै ऋण लिनुपर्ने बताए ।

भण्डारीले सानो(सानो बचतबाट पनि शेयर किन्न सकिने धारणा राखे। उनले बैंक खाता खोलेर शेयरमा लगानी गर्न सकिने पनि जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर