• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

आजको राशिफल:२०८० असोज १५ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ ।

 

मिथुन (का, कि, कु, , , , के, को, हा)

आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । लाभदायक यात्रा पनि रहला ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने छ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । भोज भतेरमा सहभागी भइनेछ ।

 

वृष (इ, , , , वा, वि, वु, वे, वो)

विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज ठीक समयमा सही निर्णय लिन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

 

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपार्न पनि सक्छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दैनिक कार्यमा प्रगति र सफलता मिल्ने छ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

 

मकर (भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि)

आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

 

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज छोटो दूरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर