प्रभु बैंकको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिएको छ ।

संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज असोज १५ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर