• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

आज धनतेरसः देशभरका सुनचाँदी पसलमा भीड (फोटोफिचर)

काठमाडौं । आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई राख्ने प्रचलन रहेको छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ ।

विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो । 

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दीपावली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण शुक्रबार तामा, पित्तल र काँसका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड देखिन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर