गणतन्त्रको विकल्प राजतन्त्र हाेइन, समुन्नत गणतन्त्र मात्रै हो
देशमा आज केहि भएन भन्नु भन्दापनि चाहेजते पर्याप्त हुन सकेन भन्नु उपयुक्त होला । गणतन्त्र को डेढ दशक र संबिधान निर्माणका झण्डै एक दशक भ्रष्टाचार नियन्त्रण र सुशासन दिनमा हामी चुकेकै हौं ।
देशमा राजनीतिक स्वतन्त्रता, शान्ति र भौतिक पुर्बाधार निर्माणमा हामीले उल्लेख्य उपलब्धी हासिल गरेका नै छौं । १५ बर्ष अगाडिको आर्थिक, सामाजिक सूचकाङ्क र आजको नेपाल को बिकास को अवस्थामा आएको सकारात्मक एवं उपलब्धी लाई हेर्ने हो भने नेपाल उन्नति को बाटोमा अगाडि बढेको पाइन्छ । जनता को चाहना र भावना अनुसार पर्याप्त त चाहिँ होइन ।
आज प्रमुख राजनीतिक दल जो संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध छन् तिनका केन्द्रीय नेताहरुले आ - आफ्नो गल्ती कमजोरी सच्यादै आ - आफ्नो जिम्मेवारी हेरफेर तथा परिवर्तन गरेर भए पनि मुलुक र जनता प्रति इमानदार भएर अगाडि बढ्नु जरुरी छ ।
राजनीतिक उपलब्धी र स्वतन्त्रतालाई सुदृढ गर्दै नेपाल र नेपाली जनतालाई समुन्नत बनाउनु हामी सबै राजनीतिक दलका नेता, कार्यकर्ता को प्रमुख दायित्व हो।
आन्दोलन र गणतन्त्रबाट जनता सार्बभौमसत्ता सम्पन्न भएका हुन:-
इतिहासको पाना नियाल्दा राजतन्त्र को अन्त्य र पुर्ण लोकतन्त्र ( गणतन्त्र ) को स्थापना गर्नुनै नेपालका राजनीतिक दलहरुले सम्पन्न गरेको दोस्रो ऐतिहासिक जन आन्दोलन को लक्ष र उदेष्य देखिन्छ ।
सात राजनीतिक दल र नेकपा माओवादी बिच भएको यही यथार्थ धरातलमा ६२/६३ को आन्दोलन सफल भयो । २/२ पटक संबिधान सभाको निर्वाचन सम्पन्न भयो ।
संबिधानसभा बाट ०७२ असोज - ३ गते संबिधान जारी भयो। यही संबिधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ०७४ र ०७९ मा
स्थानीय, प्रदेश सभा र संघीय संसद को निर्वाचन सम्पन्न भयो। यशबीच सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने सरकार र राजनीतिक दलहरु चुकेकै देखिन्छन् । उनीहरुको कार्यशैलीमा व्यापक सुधार र परिवर्तन अत्यावश्यक देखिन्छ ।
१२ बुंदे समझदारीमा उल्लेखित बाहेक कोहि कसैसंग कुनै सम्झौता , सहमति वा समझदारी छ भने प्रष्ट र पारदर्शी रुपमा जनता समक्ष सार्बजनिक हुनु जरुरी छ ।
अब सुशासन, भ्रष्टाचार नियन्त्रण र मुलुकमा समुन्नतिको लागी सरकार र सबै राजनीतिक दलहरु मुलुक र जनता प्रती इमानदार बन्नै पर्दछ । अन्यथा " मान्छे होस या भगवान , समय सबैभन्दा बलवान " । समयले कहिल्यै र कसैलाई पर्खने छैन ।
राजनीतिक दलका नेता कार्यकर्ता हरु ले अब राम्रो र असल काम मैले गर्ने हो, अहिले गर्ने हो भनेर प्रतिबद्ध हुनु जरुरी छ ।
गणतन्त्रको विकल्प समुन्नत गणतन्त्र मात्र हो :-
अहिले केहि साथीहरू गणतन्त्र ले काम गर्न सकेन भनेर ....फलानो आउ , देश बचाउ भन्न थालेका छन् । यसो भन्ने छुट र स्वतन्त्रता सबैलाई छ । तपाईं हामीलाई त्यो छुट र स्वतन्त्रता यहि गणतन्त्र को संबिधानले नै दिएको हो ।
२४० बर्ष चलेको राजतन्त्रको पालामा नै लिपुलेख, कालापानी र लिम्पियाधुरामा बिदेशी सेना आएर बसेको होइन र ? उनकै पालामा पोखरामा नमिता, सुमिता को बलात्कार पछि हत्या भएको होइन र ? कलाकार प्रबिण गुरुङ को हत्या उनिहरुकै पालामा उनिहरु बाटै भएको होइन र ? भक्तपुर को भुपतिन्द्र मल्ल को शालिक उनिहरुकै पालामा चोरी भएको होइन र ?
उनिहरु आएर राम्रो हुन्छ भन्नु सब बकबास कुरामात्र हो । उनिहरुले आफू र आफ्नै परिवार लाई बचाउन नसकेर - " नारायणहिटि दरबार हत्या काण्ड " भएको होइन र ?
हजारौं जनता को योगदान र आन्दोलन बाट आएको संबिधान र गणतन्त्र को विकल्प भनेको समुन्नत गणतन्त्र मात्रै हो । तसर्थ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन र हुन सक्दैन । मुलुकको बिकास , सुशासन र भ्रष्टाचार नियन्त्रणमा भने सरकार र राजनीतिक दलका नेताहरु भने जिम्मेवारी हेरफेर वा परिबर्तन गरेर भएपनि अब निर्मम रूपमा अगाडि बढ्नु जरुरी छ ।
- किरण गिरी - नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।
प्रतिकृया दिनुहोस