चार जिल्लामा भोलि सार्वजनिक बिदा

बुटवल ।  लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा भोलि (सोमबार) चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

छठ मनाउने बढेपछि छठको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको हो । 

जसअनुसार सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।

लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर