टिकटक बन्दविरुद्धको रिट शर्माको इजलासमा

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेका रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको हो।
हिजो टिकटक मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो।
गत कात्तिक २७ गते बसेको मन्त्रिरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा। सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, रामकृष्ण बन्जारा, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, पर्शुराम पाण्डे, भद्रप्रसाद नेपाल (स्वागत), अञ्जन धिताललगायतले रिट दायर गरेका हुन्।
सबैजसो रिटमा टिकटक प्रतिबन्धलाई गलत साबित गर्न लगभग समान प्रकृतिका आधार र तर्क प्रस्तुत गरिएका छन्।
प्रतिकृया दिनुहोस