• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

दुर्गा प्रसाईंको शक्ति प्रदर्शन बल्खु चोकमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शनका लागि काठमाडौँको  बल्खु चोकलाई केन्द्र तोकेका छन्। 

सो कार्यक्रमका लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले उक्त दिन बल्खु चोकमा प्रदर्शन गर्ने गरी कार्यक्रम बनाइएको जानकारी दिएका हुन्। 

यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन। 

आज भने प्रदर्शनस्थल बल्खु चोकलाई तोक्ने निर्णय भएको छ। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पुतलीसडक, माइतीघर र बानेश्वर क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र तोकेको छ। 

प्रसाईँको प्रतिवादमा नेकपा एमालेले कोटेश्वर तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भनेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर