प्रसाईंले अपराध गरेको भन्दै धनुषा प्रहरीमा जाहेरी

जनकपुरधाम । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध धनुषा जिल्ला प्रहरीमा जाहेरी परेको छ । गणतन्त्र नेपालको राष्ट्रिय गान नबजाएर पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको हो ।
कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।
प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषामा रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ ।
जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ । ।
प्रतिकृया दिनुहोस