बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया–४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ ।
स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते हुनु भएको छ ।
प्रतिकृया दिनुहोस