काठमाडौंमा भारतीय गायक अरिजित सिंहको भव्य कन्सर्ट (भिडियाे)

काठमाडौं । भारतीय चर्चित गयक अरिजित सिंह शनिबार अपरान्हबाट चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा सहभागी भएका छन्।
कन्सर्टमा सहभागी हुन उनी शुक्रबारनै काठमाडौं आएका थिए। गराज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनले उनलाई काठमाडौंमा कन्सर्टका लागि बोलाएका थिए।
'यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ उपस्थित सबैलाई धन्यवाद,' अरिजितले दर्शकलाई सम्बोधन गर्दै प्रस्तुति दिन थाले । त्यसपछि 'केसरिया तेरा', 'जो तुम ना हो' 'बेखयाली', 'प्यार झुठा था तो', 'केहेते हे खुदा ने इस', 'अगर तुम साथ हो', 'ए दिल हे मुस्किल', 'तेरा प्यार मे', घुंगरू टुट गए' लगायतका चर्चित गीत गाए ।
प्रस्तुतिकै बीच अरिजितले नेपाली गीत पनि गाए । 'आउ न आउ, यो मनलाई' बोलको नेपाली शब्दलाई गाइरहँदा उनी भन्दै थिए, 'मलाई थाहा छ मेरो शब्द उच्चारण मिलिरहेको छैन ।' उक्त गीत चर्चामा नरहे पनि आफूलाई गीतको मेलोडीले तानेको समेत उनले बताए ।
करिब ४ घण्टाको प्रस्तुतिपछि 'अब घर जाने समय भयो' भन्दै अरिजितले फेरि गाए, 'अच्छा चलता हुँ, दुवाओमे याद रखना ।' प्रस्तुतिको अन्तमा अरिजित अटोग्राफकै विषयमा बोल्दै थिए, 'यदि मैले अटोग्राफमा भर्नुभन्दा धेरै गाउन पाएको भए ।'
गराज इन्टरटेन्टमेन्ट र एमएन प्रोडक्सनको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपस्थित दर्शकले हायत रिजेन्सीको चौर भरिएको थियो ।
आयोजकले यो कम्सर्टलाई नेपालकै ठूलो भएको दाबीसमेत गरेको छ। कन्सर्टमा प्रयोग भएका सबै सामान भारतबाट ल्याइएको हो।
अरिजीत सिंहका ‘तुम हि हो’, ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘अपना बनाले’, ‘खैरियत’ लगायतका थुप्रै गीतहरू चर्चित छन्।
भिडियाेः 3MD Production
प्रतिकृया दिनुहोस