मोरङ–सुनसरीका उद्योगले किन गरे उत्पादन कटौती ?

विराटनगर । बैंकको चर्को ब्याजदर अनि आर्थिक मन्दीका कारण बजारले उत्पादित सामान माग नगर्दा सुनसरी(मोरङ औद्योगिक क्षेत्रका उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । ३० प्रतिशत उत्पादित वस्तु पनि बजार नपाएर उद्योगमै मौज्जात राख्नु परेको सम्बद्ध उद्योगीको गुनासो छ ।
उद्योगले ६–७ प्रतिशत ब्याजदरमा लिएको बैंक ऋणको ब्याजदर अहिले १३–१५ प्रतिशत सम्म पुगेको छ । बैंकलाई दोब्बर बढी ब्याज तिरेर उद्योगले क्षमता अनुसार वस्तु उत्पादन गर्नै सक्दैन । उद्योगी तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालका अनुसार यस क्षेत्रका प्राय सबै उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । उद्योगले जेनतेन उत्पादन गरेका वस्तुपनि आर्थिक मन्दीका कारण बजारमा माग नै नहुँदा उद्योगमै स्टक रहेको रिजालको गुनासो छ ।
उद्योगले उत्पादन कटौती गरेसँगै मजदुर पनि पलायन हुन थालेका छन् । रिजालले भने, ुउद्योगमा काम पाउन छाडेपछि मजदुर वैदेशिक रोजगारीकालागि विदेश पलायन हुन थालेका छन् ।ु सरकारले संस्थागत ब्याजदर बढीमा ६ प्रतिशत गरेर निजी बैंकहरुको सेण्डिकेड नतोडेसम्म यो समस्या कायमै रहने रिजालको दाबी छ ।
उनका अनुसार सरकारले सरकारी (संघीय सासद र स्थानीय निकायलाई निकासा हुने) पैसा सरकारी बैंकमा राखेर ब्याज नलिने व्यवस्था गरेपनि सामान्य राहत पुग्नेथियो । ुअहिलेकै अवस्था कायमै रहे उद्योगीले चाँडै उद्योग बन्द गरेर उद्योगको साँचो सरकारलाई बुझाउने स्थिति छु रिजालले भने ।
विगत ५–६ महिनादेखि बजारले सामान नै माग गरेको छैन । दैनिक सवा सय टन विभिन्न प्रकारको धागो उत्पादन गर्दै आएको सुनसरी खनारको रिलायन्स उद्योगका प्रशासन प्रमुख महेश पोखरेलले भने स्थानीय बजारमा उत्पादित वस्तुको माग नै हुन छाडेपछि करोडौं मूल्यका तयारी वस्तु उद्योगमै थन्किएका छन् । उद्योगको उत्पादन ७० प्रतिशत निकासी र ३० प्रतिशत स्थानीय बजारमा खपत हुँदै आएको थियो । उनका अनुसार उत्पादिन वस्तुले स्थानीय र वाह्य बजार पाउन छाडेपछि उद्योगले उत्पादन कटौती गरेको हो ।
सुनसरी–मोरङ औधोगिक क्षेत्रका प्राय सबै उद्योगी बैंकको ऋणको चापमा छन् । उनीहरु बैंककै कारण उद्योग नै बन्द गरेर बस्न सक्ने स्थिति पनि छैन ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्राय सबै उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेर बैंकको ब्याजमात्र तिरेर बस्न बाध्य भएको बताए । उद्योगले ३० प्रतिशत उत्पादन गरेको वस्तुको माग पनि बजारमा छैन । बजार गएको सामानको भुक्तानी पनि उद्योगले पाएका छैनन् । सुरानाले भने अहिलेको अवस्थामा उद्योगीले जग्गा जमिन बिक्री गरेर बैंकलाई ब्याज तिर्दै गरेको स्थिति छ ।
प्रतिकृया दिनुहोस