कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

काठमाडौं । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको सिंहले बताए। 

मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो। 

उनीविरूद्ध सार्वजनिक शान्तिविरूद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो। ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले ती कसुरमा थप सजाय गरेको छैन।

उनले यसरी हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको बताए। यसरी आदेश आउँदा जसले, जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै उनले असन्तुष्टि जनाएका हुन्। 

नेवार समुदायका केही व्यक्तिहरूले उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर