कवाडी गोदाममा आगो लाग्दा ५ घाइते

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको विराटनगरस्थित न्यूरो हस्पिटलमा र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए । अहिलेसम्म ७५ प्रतिशत आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर