• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सारजाह–काठमाडौं उडानमा बच्चा जहाजको शौचालयमा फाल्ने महिला पक्राउ

काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फाल्ने महिला पक्राउ परेकाी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको बताएका छन् ।  

काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको विमानस्थलका अधिकारीहरुले बताए । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको छ ।

जी ९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर