• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

‘सेक्स’ गर्न छोडेमा शरीरमा देखिन सक्छ यस्ताे असर

सेक्सपछि शरीरमा धेरै खालका परिवर्तन आउछन्, जस्तै हर्मोनमा, मनोवृत्तिमा परिवर्तन वा कम्मरको नापमा परिवर्तन । यति मात्रै होइन, सेक्सको माध्यमबाट लामो आयु पनि हासिल गर्न सकिन्छ पनि भनिन्छ । तर, जसरी सेक्सपछि शरीरमा परिवर्तन आउँछन्, त्यसरी नै जब तपाई सेक्स गर्न छोड्नुहुन्छ, तब पनि केही समयसम्म तपाईमा शारीरिक परिवर्तन देख्न सक्नुहुन्छ । जान्नुहोस् के–कस्ता परिवर्तन अनुभव गर्न सक्नुहुन्छ । 

यौन इच्छा प्रभावित – सेक्स नगर्नु वा यसबाट टाढा रहेमा सबैभन्दा पहिले तपाईको यौन इच्छामा असर पर्छ । यद्यपी, तपाई चाहानुहुन्छ भने सेक्सको ठाउँमा ‘मास्टरवेसन’ गरेर आफ्नो यौन इच्छालाई जिउदो राख्न सक्नुहुन्छ । ध्यान दिनुपर्ने कुरा के छ भने, सेक्ससँग दुरी बनाएमा महिलाभन्दा पुरुषमा बढी यसको असर पर्छ । यस्तो यस कारण हुन्छ, शरीरको बाँकी भाग जस्तै पुरुषको गुप्ताङ्गलाई पनि लामो समयसम्म प्रयोग नगरेमा ‘इरेक्टाइल डिफंसन’को समस्या हुनसक्छ । 

भेजाइनल भल्स कमजोर – यो समस्या बिशेषगरी ५० नाघेका महिलामा देखा पर्छ । रगतको वहावमा कमीका कारण प्रजनन नलीको भित्ता पातलिने र कमजोर हुने हुन्छ । बढी उमेरमा यदी लामो समयसम्म सेक्सबाट टाढा रहेमा महिलामा यौन सम्पर्कका समयमा चरमोत्कर्षको महशुस नहुने आशंका बढेर जान्छ ।

प्रतिरक्षा प्रणालीमा प्रभाव पर्छ – तपाईले सुन्नुभएको होला, यौन गतिविधिले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने काम गर्छ, विशेषगरी महिलामा । तर, यदी यौन गतिविधि गर्न छोडेमा वा लामो समयसम्म यौन सम्पर्क नगरेमा संक्रमण वा अन्य कुनै रोगको शिकार बन्न सक्नुहुनछ । 

तनावको स्तर बढ्न सक्छ – सेक्सलाई तनाव कम गर्ने सबैभन्दा राम्रो माध्यम भन्ने गरिन्छ । स्वास्थ्य विशेषज्ञको भनाईलाई मान्ने हो भने, नियमित सेक्स गर्नाले तपाईको कुनै पनि प्रकारको तनाव भाग्छ । यस्तो अवस्थामा सेक्ससँग दुरी बढाएमा तनावको स्तर बढ्न सक्छ । 

मुटुको स्वास्थ्यमा असर – बिशेषज्ञका अनुसार, एक राम्रो यौन जीवन स्वास्थ्य हृदय वाहिनी तन्त्रसँग जोडिएको हुन्छ । यस्तो अवस्थामा तपाईको यौन जीवनमा खडेरी लागेमा यसको असर तपाईको मुटु स्वास्थ्य राख्ने हर्मोनमा पर्न जान्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर